कामना सेवा विकास बैंक र बैंक अफ काठमाडौं क्यापिटलबीच सम्झौता, बैंकका शाखाबाट डिम्याट सुविधा लिन सकिने

 kamana sewa bikash bank
  • बैंकिङ संसार 
काठमाडौं - कामना सेवा विकास बैंक र बैंक अफ काठमाडौं क्यापिटल मार्केटबीच सम्झौता भएको छ ।

सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्याकारी अधिकृत प्रविण बस्नेत र बैंक अफ काठमाडौं क्यापिटल मार्केटको तर्फबाट प्रमुख कार्याकारी अधिकृत दिनेश प्रसाद खतिवडाले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार ग्राहकहरुले देशभरि छरिएर रहेका आफ्ना शाखा कार्यालयहरुबाट डिम्याट खाता सम्बन्धी सुविधा लिन सक्नेछन् । साथै, २०७६ साल असार ३१ गते सम्म खाता खोल्ने ग्राहकहरुले निःशुल्क रुपमा डिम्याट खाता खोल्न सक्नेछन ।

हालसम्म बैंकले ८४ वटा शाखा तथा ३९ वटा एटिएम मार्फत आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आखएको छ । साथै, समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

प्रतिकृया दिनुहोस्