स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्थाको साधारण सेयर बाँडफाँट, १८ हजार ५५८ जनाले पाए १० कित्ता !

swabhiman laghubitta
  • बैंकिङ संसार
काठमाडौं - स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्थाको आइपीओ आइतबार बाँडफाँट भएको छ । यो आइपीओमा ३ लाख २७ हजार ४ सय ८६ जनाले आवेदन दिएकोमा कुल १८ हजार ५ सय ५८ जनाले सेयर हात पारेका छन् । भने २३० जनाको आवेदन रद्द भएको छ । 

लगानीकर्ताहरुले १० कित्ताका दरले सेयर पाएका हुन् । ७ जनाले भने ११ कित्ताका दरले सेयर पाएका छन् । २० कित्ता भन्दा बढीका लागि आवेदन दिएका ७ जनाले भने ११ कित्ताका दरले सेयर पाएका हुन् । 

संस्थाले वैशाख २७ देखि १ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता आइपीओ वैशाख ३१ गतेसम्म निष्काशन गरेको थियो । कुल आइपीओमध्ये ३ हजार ९३ कित्ता कम्पनीका कर्मचारीलाई र ९ हजार ९३० कित्ता सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको थियो । बाँकी १ लाख ८५ हजार ५८७ कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरिएको हो ।

प्रतिकृया दिनुहोस्