ग्लोबल आइएमई बैंकको त्रिशुली शाखाद्धारा सहुलियतपूर्ण कर्जा वितरण

 Global Ime Bank
काठमाडौं - ग्लोबल आइएमई बैंकले नुवाकोटको त्रिशुली शाखाले ६ जना भुकम्प पिडितलाई आवास निर्माण कर्जा वितरण गरेको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणका कार्यकारी सदस्य डा.चन्द्रबहादुर श्रेष्ठले भुकम्प पिडितहरुको निजि आवास निर्माणका लागि कर्जा वितरण गरेका हुन् ।

स्थानीय सरकारको सहयोगमा घरनबनाएका भूकम्प पिडितहरुको घरघरमा गएर समस्याको पहिचान गर्ने र सरकारले अनुदान दिएर घर बनाउन लगाउँदा पनि लाभग्राहीले आनाकानी गरेमा सरकारले विशेष निगरानी राखेर वास्तविकता पत्ता लगाउने श्रेष्ठले बताए । सोही समारोहमा बैंकका रिटेल बैंकिङ्ग प्रमुख नरहरि सिलवालले विभिन्न तीन जना ग्राहकहरुलाई कृषि तथा पशुपंक्षी कर्जा र महिला उद्यमशिल कर्जा वितरण गर्दै लगानी गरेर प्रतिफल प्राप्त गर्न सक्ने जानकारी छ ।

बैंकले १३४ वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, १४२ एटिएम, ९ वटा एक्सटेन्सन काउण्टर तथा १२४ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधिरसम्पर्क कार्यालय मार्पmत आफ्ना १० लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवाको साथमा १५ लाखसम्मको बिना धितो प्रोफेशनल कर्जा पनि प्रदान गर्दै आइरहेको छ ।

प्रतिकृया दिनुहोस्