सिभिल बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच सम्झौता, यस्ता छन् सम्झौताका बुँदा

 Civil Bank
काठमाडौं - सिभिल बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच सम्झौता भएको छ । सिभिल बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच विप्रेषण कारोबार सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षार भएको हो ।उक्त सम्झौता पत्रमा बैंकक तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ र मनी ट्रान्सफरका तर्फबाट प्रबन्ध निर्देशक राजन कुमार अमात्यले हस्ताक्षर गरे ।

सम्झौता अनुसार भाटभटेनी ग्रुप द्वारा प्रबर्दित भाटभटेनी मनी ट्रान्सफरको विप्रेषण सेवा सिभिल बैंकको ७२ वटा शाखाहरु बाट सहज रुपमा पैसा पठाउन र प्राप्त गर्न सकिनेछ साथै यो सेवा अब नेपालभरि रहेको सबै भाटभटेनी सुपर मार्केटहरुमा पनि छिट्टै उपलब्ध हुने छ।

प्रतिकृया दिनुहोस्