एनआईसी एशिया बैंकका ग्राहकले नेपाल क्यान्सर हस्पिटलमा उपचार गराउँदा १० प्रतिशतसम्म छुट पाउने

 Nic Asia Bank
  • बैंकिङ संसार 
काठमाडौं - एनआईसी एशिया बैंक र नेपाल क्यान्सर हस्पिटलबीच सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपान र हस्पिटलको तर्फबाट हस्पिटलका कार्यकारी अध्यक्ष डा.सुदिप श्रेष्ठले हस्ताक्षर गरे ।

सम्झौता पछि बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकका डेबिट तथा क्रेडिट कार्डवाहकका साथै बैंकका सम्पुर्ण ग्राहकलाई नेपाल क्यान्सर हस्पिटलमा उपचार गराउँदा हस्पिटलको विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको छुटमा पाउन सक्नेछन् ।

हालसम्म बैंकले मुलुकभर २ सय ८१ शाखा कार्यालयहरु, २ सय ८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ ईकाई मार्फत बैंकिङ सेवा प्रदा नगर्दै आएको छ । करिब १५ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गरेको छ ।

प्रतिकृया दिनुहोस्