नेपाल बङ्गलादेश बैकको ८८ शाखाहरुबाट एसियन लाईफ इन्स्योरेन्सको बीमा सेवा प्राप्त गर्न सकिने !

 nepal Bangladesh bank
  • बैंकिङ संसार
काठमाडौं - नेपाल बङ्गलादेश बैक र एसियन लाईफ इन्स्योरेन्सबीच बीमा सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा बैकको तर्फबाट बैकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भुषण श्रेष्ठ तथा इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

सम्झौता पछि बैंकका सम्पूर्ण ग्राहकहरुले बैँकका ८८ शाखाहरुबाट छिटो, छरितो तथा सहज रुपमा जीवन बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्नेछन् ।

प्रतिकृया दिनुहोस्