एभरेष्ट बैंकद्वारा २०७६ सालको क्यालेन्डर विमोचन, क्यालेन्डरमा ३६ वटा पयर्टकीय स्थल

 Everst Bank
काठमाडौं - एभरेष्ट बैंकले नयाँ वर्ष २०७६ सालको क्यालेन्डर बिमोचन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको उक्त क्यालेन्डर बिमोचनको कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल सरकारको “भिजिट नेपाल २०२०” भन्ने मुल नारालाई आत्मसाथ गर्दै अतिथि देवो भवः भन्ने भावका साथ नयाँ वर्ष २०७६ को क्यालेन्डर ग्राहकहरु समक्ष ल्याएको बैंकले जनाएको छ ।

बैंकले ल्याएको क्यालेन्डरमा नेपालभित्रका ३६ वटा विभिन्न पयर्टकीय गन्तव्यहरुलाई समावेश गरिएको छ । क्यालेन्डरमार्पmत नेपाललाई आन्तरिक एवं अन्तर्राष्ट्रिय पर्यटकको एउटा प्रमूख गन्तव्यको रुपमा चिनाउने बैंकको उद्देश्य रहेको बैंकले जनाइएको छ ।

प्रतिकृया दिनुहोस्