सिन्धु विकास बैंकको “मेरो पहिलो बैंक खाता” सञ्चालनमा, यस्ता छन् सुविधाहरु

 Sindhu Bikash Bank
  • बैंकिङ संसार 
काठमाडौं - सिन्धु विकास बैंकले “मेरो पहिलो बैंक खाता” संचालनमा ल्याएको छ । खोलौ बैंक खाता अभियान २०७६ अन्र्तगत बैंकिङ पहुँचभन्दा बाहिर रहेका नागरिकहरु लाई बैंकिङ सेवा उपलब्ध गराउन बैंकले ८ प्रतिशत ब्याजदरमा“मेरो पहिलो बैंक खाता”भन्ने नयाँ बचत खाता संचालनमा ल्याएको हो ।

यस बचत खाता हाल सम्म कुनै पनि बैंक खाता नभएका तथा वित्तिय संस्थामा खाता संचालन नगरेका मानीसहरुले मात्र खाता खोल्न सक्नेछन । यो बचत खाता खोल्दा ग्राहकले कुनै पनि रकम जम्मा गर्न नपर्ने बरु बैंकले नै १ सय रुपैयाँ राखिदिने ब्यवस्था गरेको छ ।

ग्राहकहरुले नागरिकता, सवारी साधन चालक अनुमतिपत्र, राष्ट्रिय परिचयपत्र, फोटो सहितको मतदाता परिचयपत्र, सरकारी निकायले जारी गरेको फोटो सहितको परिचयपत्र वा स्थानीय निकायले जारी गरेको फोटो सहितको सिफारिशपत्रको आधारमा खाता खोल्न सकिने र बैंकका कुनै पनि शाखा कार्यालयबाट यो सेवा प्राप्त गर्न सकिने छ ।

प्रतिकृया दिनुहोस्