सिद्धार्थ बैंकको नयाँ शाखा तनहुँको दुलेगौँडा र कास्कीको लेखनाथमा विस्तार, १ सय ४९ स्थानमा पुग्यो शाखा सञ्जाल !

Siddhartha Bank
  • बैंकिङ संसार
काठमाडौं - सिद्धार्थ बैंकले एकै दिन दुई नयाँ शाखा विस्तार भएका छन् । तनहुँको दुलेगौँडा र कास्की जिल्लाको लेखनाथमा दुई शाखाहरुको औपचारिक उद्घाटन भएको हो । बैंकको दुलेगौँडा शाखाको उद्घाटन गण्डकी प्रदेशका सांसद आशा कोइरालाबाट र लेखनाथ शाखाको उद्घाटन गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङबाट भएको थियो ।

बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले देशभर १४९ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा, १६० एटिएम र १२ सय भन्दा बढी पिओएस् मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवाप्रदान गर्दै आएको छ । बैंकले नगद रहित कारोवार प्रवद्र्घन गर्न हालै क्यास ब्याक योजना सञ्चालनमा ल्याएको छ । यसै गरि कार्डको माध्यमबाट गरिने अनलाइन कारोबारलाई थप सुरक्षित बनाउन भेरिफाई बाई भिसा सेवा प्रविधिको अवलम्वन गरेको छ ।

प्रतिकृया दिनुहोस्