बाग्लुङ्गबाट पोखरामा केन्द्रिय कार्यालय सार्दै ग्रीन डेभलपमेन्ट बैंक, तनहुँ र नवलपुरमा कार्यक्षेत्र विस्तार

Green Development Bank
  • बैंकिङ संसार 
काठमाडौं - ग्रीन डेभलपमेन्ट बैंकले कार्यक्षेत्रलाई विस्तार गर्ने भएको छ । बैंकको वार्षिक साधारण सभाले आ.व.२०७४/७५ को वित्तीय विवरण पारित गर्नुका साथै बैंकको कार्यक्षेत्र तनहुँ र नवलपुर जिल्लामा विस्तार गर्ने प्रस्ताव पारित गरेको हो ।

साथै, बैंकको केन्द्रिय कार्यालय बाग्लुङ्ग २ हरिशंकर रोड, बाग्लुङ्गबाट पोखरा–८,सभागृहचोक कास्कीमा स्थानान्तरण गर्ने भएको । जसका लागि नेपाल राष्ट्र बैंकबाट प्रारम्भीक स्वीकृति प्राप्त गरी स्थानान्तरणको लागि भौतिक पूर्वाधार निर्माणको कार्य भईरहेको छ जनाएको छ ।

बैंकले आफ्नो व्यवसाय विस्तारको लागि सम्भाव्य स्थानहरुमा शाखा वृद्धि गर्दै आएको छ । यसै आर्थिक वर्षमा बैंकले ५ वटा शाखा विस्तार गरिसकेकोमा निकट भविष्यमा थप ५ वटा शाखा विस्तारको प्रक्रियामा रहेको छ । बैंकले कृषि, पर्यटन जस्ता उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखी कर्जा लगानी गर्दै आएको छ भने न्यून आय भएका वर्गलाई लक्षित गरी सामुहिक जमानीमा विपन्न वर्ग कर्जा समेत प्रवाह गर्दै आएको बताइएको छ ।

शेयरधनीहरुले राखेका जिज्ञासाहरुको बारेमा अध्यक्ष गणेश कुमार श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत उमेश कुमार आचार्यले प्रष्ट पारेका थिए ।

प्रतिकृया दिनुहोस्