ज्योति विकास बैंकको “ज्योति समृद्धि बचत खाता” सञ्चालनमा, यस्ता छन् सुविधाहरु !

 Jyoti Bikash Bank
  • बैंकिङ संसार 
काठमाडौं - ज्योति विकास बैंकले “ज्योति समृद्धि बचत खाता” संचालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकको “समृद्धिसंग जोडौं नाता, सबै नेपालीको बैंक खाता” नाराका साथ थालिएको खौलौं बैंक खाता अभियानलाई सहयोग पु¥याउने उद्देश्यले उक्त बचत खाता सञ्चालनमा ल्याएको बैंकलले जनाएको छ । बैंकले उक्त वचत खातामा वार्षिक ७ प्रतिशत ब्याज दिनुको साथै विभिन्न आधुनिक बैंकिङ सेवा पनि बैंकले उपलब्ध गराउने जनाएको छ ।

यस योजना अन्तर्गत अन्य बैंकमा खाता नभएका व्यक्तिहरुले खाता खोलेमा १०० रुपैयाँ बैकको तर्फबाट प्रदान गरिने बैंकले जनाएको छ । यसका साथै ब्द्यद्यक्, ABBS, C-ASBA, Internet Baking जस्ता सेवाहरु निःशुल्क प्रदान गर्नुको साथै लकर सुविधामा पनि विशेष छुट दिइएको छ ।

बैंकले हाल ९६ वटा शाखा २ वटा एक्स्टेन्सन काउन्टर र २३ वटा एटिएम मार्फत सम्पुर्ण बैंकिङ सेवा प्रदान गरिरहेको छ । निकट भविष्यमा नै बैंकले ५ वटा नयाँ शाखा संचालनमा ल्याउन लागेको जनाएको छ । बैंकले २ लाख १६ हजार ७ सय २७ भन्दा बढि खाताबाट २७ अर्ब २० करोड निक्षेप संकलन गरी १५ हजार भन्दा बढि ऋणी मार्फत २३ अर्ब ९० करोड कर्जा लगानी गरेको छ । हाम्रो विकास बैंकलाई प्राप्ति गरी २०७५ चैत्र १५ गतेबाट एकिकृत कारोवार सुरु गरेको बैंकको चुक्तापूँजी ३ अर्व १० करोड पुगेसँगै चुक्ता पूँजीका आधारमा सबैभन्दा ठुलो विकास बैंक बन्न सफल भएको छ ।

प्रतिकृया दिनुहोस्