माछापुच्छ्रे बैंक र गुराँस लाइफ इन्स्योरेन्सबीच सम्झौता, बैंकका सबै शाखा कार्यालयबाट जीवन बीमा सेवा लिन सकिने
- बैंकिङ संसार
काठमाडौं - गुराँस लाइफ इन्स्योरेन्स र माछापुच्छ्रे बैंकबीच सम्झौता भएको छ । सम्झौतामा इन्स्योरेन्स कम्पनी को तर्फबाट सहायक महाप्रबन्धक बालमुकुन्द रुपाखेती र बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन् ।
सम्झौता पछि माछापुच्छ्रे बैंकको देशभर रहेका शाखा कार्यालयहरु मार्फत गुराँस लाइफ इन्स्योरेन्सको वार्षिक नगद फिर्ता जीवन बीमा र एउटै योजनामा सावधिक , आजीवन र पेन्सन जीवन बीमा योजना सहित १२ वटा जीवन बीमा योजना विक्री गर्ने एवं अभिकर्ता तथा बीमीतहरुलाई छिटो, छरितो एवं भरपर्दो सेवा पाउन सक्नेछन् ।
माछापुच्छ्रे बैंकका ग्राहकहरुले बैंकको कुनैपनि शाखाबाटयस कम्पनीको जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवा सहज रुपले लिन सक्नेछन् । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले हाल मात्र नेपालको जीवन बीमा बजारमा नौलो र आकर्षक योजनाहरु प्रस्तुत गरेको छ ।