लक्ष्मी बैंकको प्रवर्द्धनमा लक्ष्मी केयरको साइकल र्याली पोखरामा, उज्यालो अभियानलाई सघाउने उद्देश्य !

Laxmi Bank
  • बैंकिङ संसार
काठमाडौं - लक्ष्मी केर्यसले ११औं वाइसाइकल र्याली पोखरामा सम्पन गरेको छ । संस्थाले उज्यालो अभियान अन्तर्गत “गो ग्रिन” अभियानलाई प्रवर्द्धन गर्ने उद्देश्यले उक्त साइकल र्याली गरेको हो । ¥यालिले पोखरा औद्योगिक क्षेत्रबाट सुरु भई वाटरफ्रन्ट रिसोर्टसम्मको १३ किलोमिटर यात्रा पार गरेको थियो । २०० भन्दा बढि प्रतियोगी रहेको यस र्यालीको प्रायोजकका रुपमा लक्ष्मी बैंक तथा सहप्रायोजकका रुपमा प्राइम लाईफ इन्स्युुरेन्स तथा रेडबुल रहेका थिए ।

लक्ष्मी केयर्स लक्ष्मी बैंकमा कार्यरत कर्मचारीहरुले सञ्चालन गरेको गैरसरकारी संस्था हो । नेपाल पर्यटन वोर्डको “भिजिट नेपाल २०२० लाई समेत प्रवर्द्धन गर्ने उद्देश्यले उक्त र्यालीको आयोजना गरिएको आयोजकले जनाएको छ । उक्त कार्यक्रमको सहयोगी संस्थाका रुपमा जेन्टस् पार्क, टेरा मोटर्स, यति एयरलाइन्स, डाबर नेपाल तथा सिवेक हस्पिटल रहेका थिए ।

साइकल यात्रा मुक्ति एण्ड रिभाइबलको लाइभ कन्सर्ट एवं साइकल स्टन्ट, स्थानीय झाकी तथा अन्य थुप्रै आकर्षक कार्यक्रमहरुका साथ सम्पन्न भएको थियो । वार्षिक रुपमा सञ्चालन हुने यस कार्यक्रमले जनचेतना बढाउँदै उज्यालो अभियानका लागि आवश्यक रकमको जोहो गर्ने विश्वास आयोजकले लिएको छ ।


उज्यालो अभियान कार्यक्रमले नेपालका विभिन्न ऐतिहासिक, वास्तुकला एवं पुरातात्विक स्थल एवं च्यारिटीसँग सम्बन्धित संघसंस्थाहरुमा सहयोग गर्दै आएको छ । गत वर्षहरुमा यस कार्यक्रमले वाग्मती पुल, पाटन दरबार स्क्वायर तथा भद्रकाली–सिंहदरबार क्षेत्र, गढीमाई मन्दिर–बारा, चण्डेश्वरी मन्दिर बनेपा आदि क्षेत्रमा सोलारलाइट जडान गरेको थियो ।

प्रतिकृया दिनुहोस्