माछापुच्छ्रे बैंकको शाखा मोरङको बुढीगंगा, नुवाकोटको विदुर नगरपालिका र रसुवाको गोसाँईकुन्डमा, ९९ ठाउँमा शाखा

 Machhapuchchhre Bank
  • बैंकिङ संसार 
काठमाडौं - माछापुच्छ्रे बैंकले टंकिसिनवारी, त्रिशुली र टिमुरेमा नयाँ शाखा कार्यालयको विस्तार गरेको छ । बैंकले मिति २०७५ साल चैत्र २१ गते मोरङको बुढीगंगा गाउँपालिका स्थित टंकिसिनवारी शाखा कार्यालय, चैत्र २४गते नुवाकोटको विदुर नगरपालिकास्थित त्रिशुली शाखा कार्यालय र चैत्र २५ गते रसुवाको गोसाँईकुन्ड गाउँपालिका स्थित टिमुरे शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ ।

टंकिसिनवारी शाखाको उद्घाटन विराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले गरेका हुन् । त्यसै गरी त्रिशुली शाखाको उद्घाटन विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले गरे । टिमुरे शाखाको उद्घाटन रसुवाका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले गरेका हुन् । नयाँ शाखा मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पूर्ण बैकिङ्ग सुविधा उपलब्ध गराएको छ ।

बैंकले उक्त शाखाहरुमा २४ सै घण्टा चल्ने एटीएमको पनि व्यवस्था रहेको जनाएको छ । बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना ९९ वटा शाखाहरु र ७६ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १७५ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर १२१ वटा एटीएमहरु संचालनमा रहेको छ ।

प्रतिकृया दिनुहोस्