ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ सेवा १ सय ३१ स्थानमा पुग्यो, ५ वटा थपियो

global ime bank
  • बैंकिङ संसार 
काठमाडौँ - ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लाहरुमा थप ५ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकले अर्घाखाँची जिल्लाको भुमिका स्थान नगरपालिका- १०, धनचौरमा १२७औँ, कास्की जिल्लाको रुपा गाउँपालिका- ६, रुपाकोटमा १२८औँ, सुनसरी जिल्लाको कोशी गाउँपालिका– ३, जमुवामा १२९औँ, लमजुङ्ग जिल्लाको राईनास नगरपालिका- ५, सातबिसेमा १३०औँ र सोही जिल्लाकै राईनास नगरपालिका- ६, धमिलिकुवामा १३१औँ शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको हो ।

यी पाँचै वटा शाखारहित बैंकिङ्ग सेवाहरु स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्घिजीवि तथा स्थानीयवासीहरुको उपस्थितिमा उद्घाटन भएको हो । शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्ने छन् । निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकमजम्मागर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिसहोम/सिडिएमए/यूटीएलको महसुल भुक्तानी गर्ने, मोबाइल रिर्चाज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नु पर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ती स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको जनाएको छ ।

प्रतिकृया दिनुहोस्