गण्डकी विकास बैंकद्वारा 'गण्डकी समृद्धि बचत खाता' सार्वजनिक

 Gandaki Bikas Bank
काठमाडौँ - गण्डकी विकास बैंक लि.ले “गण्डकी समृद्धि बचत खाता” सञ्चालनमा ल्याएको छ । बैंकले खोलौ बैंक खाता अभियान २०७६ लाई आत्मसाथ गर्दै उक्त खाता सञ्चालकनमा ल्याएको हो । खाता खोल्ना साथ बैंकले रु. १००/- जम्मा गरिदिनेछ भने ग्राहकले शुन्य मौज्दातमै खाता खोल्न सक्नेछन् ।

“सबै नेपालीको समृद्धिको आशा खोलौ गण्डकीमा समृद्धि बचत खाता” भन्ने नाराका साथ शुरु गरेको खातामा निः शुल्क अन्तर शाखा कारोबार, एटीएम सुविधा, वार्षिक ७% व्याजदर, निःशुल्क शेयर आवेदन फारम भर्न सकिने साथै अन्य थुप्रै सुविधाहरु सहितको विशेषता रहेको बैंकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्