शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले सार्वजनिक गर्यो 'मेरो बचत खाता'

 SHINE RESUNGA DEVELOPMENT BANK
काठमाडौँ - शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले “खोलौं बैंक खाता अभियान २०७६” अभियानलाई सफल बनाउन “मेरो बचत खाता” सार्वजनिक गरेको छ । बैशाख १ गतेदेखि लागू गरिएको मेरो बचत खाता अन्तर्गत हरेक खातामा बैंकले रु.१ सय जम्मा गरिदिने व्यवस्था मिलाएको छ । साथै, अत्यन्त सरल प्रकृयावाट उक्त खाता खोल्न सकिने बैंकले जनाएको छ । 

यस बैंकका अधिकांश शाखा कार्यालयहरु ग्रामिण क्षेत्रमा रहेकाले यस क्षेत्रका हरेक व्यक्ति माझ बैंकिङ्ग सेवा सुविधा पुर्याउने र प्रत्येक व्यक्तिलाई प्रत्यक्षरुपमा आर्थिक कृयाकलापमा सहभागी बनाउने योजना अनुरुप कार्य गरिरहेको जानकारी बैंकले गराएको छ ।

प्रतिकृया दिनुहोस्