५ वटा अतिरिक्त भन्सार कार्यालयमा प्रभु बैंकले काउण्टर सञ्चालन गर्ने

 Prabhu Bank
काठमाडौँ - नेपाल सरकारले केही समय अघि स्तरोन्नती गरेको नेपाल भारत सीमामा रहेका कार्यालयहरुमा प्रभु बैंकले काउण्टर खोली बैंकिङ कारोवार शुरु गर्ने भएको छ । ५ वटा अतिरिक्तभन्सार कार्यालयहरुमा बैंकले काउण्टर खोली बैंकिङ सेवाहरु गर्ने सम्बन्धी बिहीबार एक कार्यक्रमका बीच सम्झौतामा भएको छ ।

सम्झौतामा भन्सार विभागका महानिर्देशक रामेश्वर दंगाल र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरेका छन् । रौतहटको गौर, सप्तरीको राजविराज, सिरहाको माडर, सर्लाहीको मलंगवा र धनुषाको जनकपुर/जटही भन्सार कार्यालयहरुमा बैंकले २०७६ बैशाखदेखि बैंकको काउण्टरहरु संचालनमा ल्याउने छ ।

नेपालको सवैभन्दा ठूलो व्यापारिक साझेदारको रुपमा रहेको छिमेकी राष्ट्र भारतसंगको सिमानामा संचालनमा आएका उक्त भन्सार कार्यालयहरुको स्तरोन्नतीसंगै उक्त क्षेत्रमा आयात निर्यातको क्रियाकलापहरुमा बढोत्तरी हुन गई राजस्व संकलनको आँकडामा बृद्धि हुन जाने बिश्वास लिईएको छ ।


बैंकको सेवा प्रारम्भ भएसंगै उक्त क्षेत्रका उद्योगी, व्यापारी एवं आयात निर्यात कर्ताहरुले सरलरुपमा बैकिङ सेवाहरु प्राप्त गर्नेछन । साथै नेपाल सरकारको राजस्व संकलन प्रक्रियामा पनि यसबाट टेवा पुग्ने बिश्वास बैंकले लिएको छ ।

प्रतिकृया दिनुहोस्