गुणस्तरीय शिक्षाको लागि टिच फर नेपाललाई नेपाल बङ्गलादेश बैंकले गर्यो १० लाख आर्थिक सहयोग...!

Nepal Bangladesh Bank
  • बैंकिङ संसार
काठमाडौं - नेपाल बङ्गलादेशल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत टिच फर नेपाल काठमाडौँलाई १० लाखको रुपैयाँ सहयोग गरेको छ । सोमबार बैंकको तर्फबाट कनिष्ठ नायव महाप्रबन्धक सलोनिका सिहँ र टिच फर नेपाल काठमाडौंको तर्फबाट प्रमुख प्रमुख कार्यकारी अधिकृत शिशिर खनालले उक्त सहयोग सम्बन्धमा हस्ताक्षर गरेका छन् ।

सो रकम संस्थाले राष्ट्रिय तथा अन्तराष्ट्रिय विभिन्न विश्व विद्यालयहरुबाट स्नातक तह उत्तीर्ण नेपाली युवाहरुलाई २ वर्षको लागि स्वयम्सेवी शिक्षकको रुपमा अध्यापन गराउनको लागि खर्च गर्नेछ । ति यूवाहरुले ग्रामीण समुदायका वालवालिकालाई गुणस्तरीय रुपमा अंग्रेजी, गणित र बिज्ञान बिषयहरु को शिक्षा प्रदान गर्नेछन् ।

संस्थागत सामाजिक उत्तरदायित्वलाई सधै उच्च प्राथमिकतामा राख्दै आएको बैंकको संस्थागत नारा नै ‘हामी सबैको बैंक’ भन्ने रहेको छ । उक्त नारा अनुसारको उद्देश्य प्राप्तिको लागि समाजका हरेक वर्ग तथा तप्काका सर्वसाधारणहरुको जीवनस्तरमा उत्थान गर्न सहयोग गर्ने लक्ष्य बैंकले लिएको छ । साथै आफ्ना ग्राहक, ऋणी तथा सरोकारवालाहरुको हितलाई सर्वोपरि मान्दै आएको र बैंक सधै सामाजिक विकास प्रति सचेत र सजग रहेको पनि जनाएको छ ।

प्रतिकृया दिनुहोस्