माछापुच्छ्रे बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्ने, धितोपत्र बोर्डसँग माग्यो अनुमति !

 Machhapuchchhre Bank
  • बैंकिङ संसार
काठमाडौं - माछापुच्छ्रे बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ । प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३० लाख इकाई ऋणपत्र बिक्री गर्न बैंकले धितोपत्र बोर्डसँग अनुमति मागेको छ । जसमा १२ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ भने बाँकी १८ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

बैंकले ‘१०.२५ प्रतिशत माछापुच्छ्रे डिबेन्चर २०८५’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । सो ऋणपत्र बिक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई तोकिएको छ । उक्त ऋणपत्रमा वार्षिक १०.२५ प्रतिशत ब्याजदर तोकिएको छ ।

प्रतिकृया दिनुहोस्