सनराइज बैंक र एशियन लाईफ इन्स्योरेन्सबीच सम्झौता, बैंकका सम्पूर्ण शाखाबाट बीमा सुविधा पाइने

 Sunrise Bank
काठमाडौँ - सनराइज बैंक लिमिटेड र एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बीमा सेवा सम्बन्धि सम्झौता भएको छ । सम्झौता अनुसार सनराइज बैंकले देश भर रहेका १०४ वटै शाखाबाट एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा योजना बिक्री गर्न सक्ने छ ।

सनराइज बैंक लिमिटेडको प्रधान कार्यालयमा बुधबार बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

प्रतिकृया दिनुहोस्