बारा र पर्साका हुरीबतास पीडितलाई एनआईसी एशिया बैंकको सहयोग
काठमाडौं - एनआईसी एशिया बैंकले बारा तथा पर्सा जिल्लामा आएको विध्वंसकारी हुरीबतासले पुर्याएको क्षति प्रति दुुःख व्यक्त गर्दै राहात सामाग्री हस्तान्तरण गरेको छ । बैंकले घटनाबाट पिडित जन समुदायमा मल्हम लगाउने उद्देश्यका साथ फेटा गाउँपालिकाका पुरनियाँ, बलही, बबुलिया लगायत गाउँकाका पीडितजन समुदायका राहात सामाग्री दिएको हो । बैंकले ३ सय थान झुल, १ सय ५० थान म्याट्रेस, लगायत खाद्यान्न तथा अत्यावश्यक सामग्रीहरु प्रदान गरेको छ ।
उक्त अत्यावश्यक राहत सामग्री सोही गाउँपालिकाका अघ्यक्ष अमिरी लाल प्रसादलाई बैंक संचालक समितीका सदस्य विनोद कुमार प्याकुरेले एक कार्यक्रमका बिच हस्तान्तरण गरेका हुन् । सो अवसरमा संचालक प्याकुरेलले उक्त सहयोगले हुरीबतासबाट पीडित गाउँका सर्वसाधारणहरूलाई केही मात्रामा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
हालसम्म बैंकले मुलुकभर २ सय ८१ शाखा कार्यालयहरु, २ सय ८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ ईकाई मार्फत बैंकिङ सेवा प्रदा नगर्दै आएको छ ।