'सेलिब्रेटी बैंकर' अनिल शाहको जालझेल, बाहिर एनआइसी एशियालाई उचालेर भित्रभित्रै इनसाइडर ट्रेडिङको खेल !

NABIL BANK
  • बैंकिङ संसार 
काठमाडौँ । नबिल बैंक लिमिटेडका सीइओ अनिल केशरी शाहले बाहिर बाहिर एनआइसी एशियालाई उचालेर भित्रभित्रै इनसाइडर ट्रेडिङको खेल खेलेको भन्दै धितोपत्र बोर्डले गोप्य रुपमा अनुसन्धान थालेको छ । शाहले एक साता अघि एनआईसी एशिया बैकले चमत्कारिक प्रगति गरेको भन्दै अस्वाभाविक बयान गरेका थिए । नबिलका सीइओले एनआइसी एशियाको बयान गरेको भन्दै कतिपयले त्यहि बेलामा नै यसलाई शंकाको दृष्टिले हेरेका थिए । उनको उक्त अभिव्यक्ति आएसंगै एनआइसी एशिया बैंकको सेयरमा उछाल आएपछि धेरैले यसलाई इनसाइडर ट्रेडिङ भएको बताएपछि अहिले धितोपत्र बोर्डले यसको गोप्य अनुसन्धान थालेको छ । 

गत सातामात्रै नेप्सेमा एनआइसी एशिया बैंकको शेयर मूल्य प्रति कित्ता ४२ रुपैयाँले बढेको छ भनेआइतबारसमेत एनआईसी एसियाको सेयर मुल्य प्रति कित्ता २८ रुपैयाँले बढेको छ । नविल बैंक लिमिटेडको सहायक कम्पनी नविल इन्भेष्टमेन्ट बैंकिङले आफ्ना दुई वटा म्युचुअल फण्डमार्फत एनआइसी एशियाको शेयरमा ठुलो लगानी गरेकाले यसरी भित्रभित्रै एनआइसी एशियाको सेयर बढाउने चलखेल भएको सेयर बजार विश्लेषकहरुको भनाइ छ । 

यता धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले कसैको बदनियत देखिएमा कारवाही हुने प्रतिक्रिया दिएका छन् ।

प्रतिकृया दिनुहोस्