नेपाल राष्ट्र बैंकले ५ अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने, आजै अपराह्न ३ बजे बोलकबोल !

 Nepal Rastra Bank
  • बैंकिङ संसार 
काठमाडौं - नेपाल राष्ट्र बैंकले ५ अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिन र १८२ दिनको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । मंगलबार जारी हुने ट्रेजरी बिलका लागि आज (सोमबार) अपराह्न ३ बजे बोलकबोल हुनेछ ।

यस्तै ९१ दिनको लागि ३ अर्ब रुपैयाँको बिल जारी गर्न लागेको छ । यो ट्रेजरी बिल २०७६ साल असार ३१ गते परिपक्क हुनेछ । त्यस्तै, १८२ दिनका लागि जारी हुने २ अर्ब २५ करोड रुपैयाँको ट्रेजरी २०७६ असोज २८ गते परिपक्क हुनेछ ।


प्रतिकृया दिनुहोस्