रिजर्भ कोषमा आकर्षक सुधार हुँदा नेपाल बैंक लिमिटेडको अरु महत्वपूर्ण सूचकको अवस्था कस्तो ?

 Nepal Bank
  • बैंकिङ संसार 
काठमाडौं - नेपाल बैंककोे चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा १२.५४ प्रतिशतले घटेर २ अर्ब २४ करोड ५५ लाख ७६ हजार रुपैयाँ कमाएको छ । गत वर्ष बैंकले २ अर्ब ५६ करोड ७७ लाख २७ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । 

यस्तै बैंकको सञ्चालन नाफापनि १३.६३ प्रतिशतले घटेर ३ अर्ब १२ कारोड ३३ लाख ६२ हजार रुपैयाँमा कायम भएको छ । अघिल्लो वर्षको सोहपी अवधिमा ३ अर्ब ६१ करोड ६६ लाख ८ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो । यता बैंकको खुद ब्याज आम्दानी भने ३.७३ प्रतिशतले वृद्धि गरी ४ अर्ब ७२ करोड ५२ लाख ५५ हजार रुपैयाँ कमाएको छ । गत वर्ष खुद ब्याज आम्दानी ४ अर्ब ५५ करोड ५१ लाख ७ हजार रुपैयाँ रहेको थियो । 

तेस्रो त्रैमाससम्म आईपुग्दा बैंकले १ खर्ब ५ अर्ब ६३ करोड २६ लाख २७ हजार रुपैयाँ निक्षेप संकलन गरी ८८ अर्ब १९ करोड १२ लाख २० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । 

हाल बैंकको चुक्ता पुँजी ९ अर्ब ८१ करोड ११ लाख ४८ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा १५ अर्ब ६१ करोड १० लाख ५४ हजार रुपैयाँ जम्मा गरेको छ । गत वर्ष जगेडा कोषमा १५ अर्ब २३ करोड ३६ लाख ८६ हजार रुपैयाँ थियो । 

यस्तै प्रतिसेयर आम्दानी गत वर्षको तुलनामा १२ रुपैयाँ ५ पैसाले घटेर ३० रुपैयाँ ५२ पैसामा झरेको छ । गत वर्षको सोही अवधिमा बैप्रतिसेयर आम्दानी ४२ रुपैयाँ ५७ पैसा रहेको थियो । प्रतिसेयर नेटवर्थ ३०४ रुपैयाँ ४७ पैसा रहेको छ । 


प्रतिकृया दिनुहोस्