मोरङको पथरीमा पुग्यो कामना सेवा विकास बैंकको शाखा, ८० स्थानमा शाखा सञ्जाल

 Kamana Sewa Bikash Bank
काठमाडौँ - कामना सेवा विकास बैंक लिमिटेडले मोरङको पथरी शनिस्चरे नगरपालिकाको वडा नं ०१, पथरी बजारमा बुधबार ८०औंँ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ ।

बैंकका संचालक बलराम बराल र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतको उपस्थितिमा उक्त शाखाको कारोबार शुभारम्भ भएको हो ।

उक्त अवसरमा प्रमुख कार्यकारी अधिकृत बस्नेतले बैंकको कम शाखा सञ्जाल भएको पूर्वी नेपालमा व्यापार प्रबद्र्धनलाई अझ तीव्रताका साथ अघि बढाउन वृहत शाखा विस्तार गरेको तथा बैंकको भावी रणनीति र कार्यक्रमहरुको बारेमा संक्षिप्त जानकारी दिए ।

प्रतिकृया दिनुहोस्