नेपाल राष्ट्र बैंकका उच्च पदस्थलाई २२० प्रतिशत भत्ता, एकै बर्ष बाँडे १ अर्ब ३२ करोड !

 Nepal Rastra Bank
  • बैंकिङ संसार 
काठमाडौं - नेपाल राष्ट्र बैंकका उच्च पदस्थ कर्मचारीहरुले तलबको २२० प्रतिशतसम्म भत्ता लिने गरेको तथ्य उजागर भएको छ । महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको ५६औं बार्षिक प्रतिवेदनमा केन्द्रिय बैंकका उच्च पदस्थ कर्मचारीहरुले २२० प्रतिशत भत्ता लिने गरेको तथ्य उजागर भएको हो ।

महालेखाका अनुसार राष्ट्र बैंकका तल्लो तहका कर्मचारीहरुले तलब बाहेक कर्मचारी सञ्चय कोष, औषधी उपचार कोष, उपदान कोष र कर्मचारी सुरक्षा कोषका अलवा अन्य ८ वटा भत्ता पाउँछन् । तर उच्च पदस्थ कर्मचारीहरुले भने थप ११ वटा अन्य भत्ता तथा सुविधा लिने गरेका छन् । यसरी वितरण गरिएका भत्ता वापत गत बर्ष मात्रै १ अर्ब ३२ करोड खर्च भएको छ ।

प्रतिकृया दिनुहोस्