‘भाटभटेनी रेमिट’बाट पठाइएको रेमिट्यान्स जनता बैंकका सबै शाखाबाट भुक्तानी पाइने

 janata bank
  • बैंकिङ संसार 
काठमाडौँ - जनता बैंक र भाटभटेनी मनि ट्रान्स्फर प्राइभेट लिमिटेडबीच रेमिट्यान्स कारोबार सम्बन्धि सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री र बिएमटीका प्रबन्ध संचालक राजनकुमार अमात्यले हस्ताक्षरण गरेका छन् ।

भाटभटेनी मनि ट्रान्स्फर प्रा.लि भाटभटेनी समूहद्वारा संचालित कम्पनि हो । सम्झौता बमोजिम ‘भाटभटेनी रेमिट’ मार्फत पठाइएको अन्तरिक तथा बाह्य रेमिट्यान्सहरु जनता बैंकको देशैभरी छरिएका १२९ शाखा तथा ५० शाखा रहित बैंकिङ्ग मार्फत भुक्तानी लिन सकिने छ ।

प्रतिकृया दिनुहोस्