नेपाल बैंकको नयाँ शाखा दाङको तुलसीपुरमा, कति पुग्यो शाखा संख्या ?

 Nepal Bank
काठमाडौं - नेपाल बैङ लिमिटेडको नयाँ शाखा दाङ जिल्ला तुलसीपुर उप महानगरपालिका वडा नं ६ घोराही रोडमा विस्तार भएको छ । राप्ती अञ्चलको प्रमुख आर्थिक केन्द्रको रुपमा स्थापित यस शाखाबाट सहुलियतपूर्ण तथा अन्य व्यावसायिक कर्जा ,निक्षेप तथा रेमिटान्स लगायत सम्पूर्ण आधुनिक बैंकिङ सेवा र सुविधाहरु उपलव्ध हुनेछ ।

हालसम्म बैंकले ६१ जिल्लामा १ सय ६१ शाखा १२ वटा एक्सटेन्सन काउन्टर ७९ वटा एटिएम आउटलेट् मार्फत १५ लाख भन्दा बढी ग्राहकलाई प्रत्यक्ष रुपमा बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्