नेपाल एसबीआई बैंकको खुद नाफा १ अर्ब ६० करोड ६ लाख, जगेडा कोषमा ३ अर्ब ५६ करोड ६ लाख ९० हजार

 Nepal Sbi Bank
  • बैंकिङ संसार 
काठमाडौं - नेपाल एसबीआई बैंकले आर्थिक २०७५/७६ को तेस्रो त्रैमासमा खुद नाफा १६ प्रतिशतले वृद्धि गरी १ अर्ब ६० करोड ६ लाख ४७ हजार रुपैयाँ कमाउन सफल भएको छ । बैंकले गत वर्षको सोही अवधिमा १ अर्ब ३७ करोड ९७ लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

यता बैंकले सञ्चालन नाफा पनि ९.३३ प्रतिशतले बढाएर २ अर्ब २० करोड ३५ लाख ३६ हजार रुपैयाँ पुर्याएको छ । साथै, खुद ब्याज आम्दानी पनि १६.११ प्रतिशतले वृद्धि गरी ३ अर्ब ३५ करोड ७२ लाख ९ हजार रुपैयाँ पुर्याएको छ । बैंकले यस त्रैमाससम्म आईपुग्दा १ खर्ब ८ करोड ३४ लाख ४१ हजार ९२ करोड ३७ लाख ७ हजार रुपैयाँ निक्षेप संकलन गरी ८५ अर्ब ७९ कारेड ४३ लाख ८८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ४४ करोड ९२ लाख ५० हजार रुपैयाँ छ । बैंकले जगेडा कोष पनि १२.९० प्रतिशतले बढाएर ३ अर्ब ५६ करोड ६ लाख ९० हजार रुपैयाँ पुर्याएको छ । 

बैंकको प्रतिसेयर आम्दानी २५ रुपैयाँ २६ पैसा छ भने प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ ५६ पैसा छ ।

प्रतिकृया दिनुहोस्