सिभिल बैंक लिमिटेडको दुई आर्थिक वर्षको एजीएम बैशाख २७ मा, यस्ता छन् पेस एजेन्डाहरु !

  • बैंकिङ संसार
काठमाडौं - सिभिल बैंक लिमिटेडले दुई आर्थिक वर्षको साधारण सभा एकैपटक गर्ने भएको छ । सभा अमृतभोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । साधारण सभा गर्न बैंकले वैशाख १० देखि २७ गतेसम्म बुक क्लोज गर्ने भएको छ । वैशाख १० गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनेछन् । 

बैंकले आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ को साधारण सभा वैशाख २७ गते गर्न लागेको हो । यस्तै बैंकले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट १०.२५ प्रतिशत बोनस र कर तिर्न ०.५४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सभामा पेश गर्नुका साथै आर्थिक वर्ष २०७४/७५ को नाफाबाट पनि ४.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव रहेको छ ।

बैंकले अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जाने सम्झौता गर्नुपरेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पनि बनाएको छ । यस्तै, संस्थापक र सर्वसाधारण सेयरधनीबाट ३–३ जना सञ्चालकको निर्वाचन हुनेछ । 








प्रतिकृया दिनुहोस्