ग्रीन डेभलपमेन्ट बैंकको साधारण सभा बिहीबार बस्दै, कार्यक्षेत्र विस्तार गर्ने मुख्य एजेण्डासहित यस्ता छन् पेस हुने प्रस्तावहरु

 Green development bank
  • बैंकिङ संसार 
काठमाडौं - ग्रीन डेभलपमेन्ट बैंकले लगानीकर्ताहरलाई चैत २८ गते साधारण सभा बोलाएको छ । बैंकले कार्यक्षेत्र विस्तार गर्ने मुख्य एजेन्डासहित साधारण सभा बोलाएको हो । बैंकले तनहुँ र नवलपुर जिल्ला थप गरी कार्यक्षेत्र ५ जिल्ला बनाउने विशेष प्रस्ताव सभामा पेश गर्ने भएको छ । 

साधारण सभाका लागि बैंकले चैत १५ गतेदेखि २८ गतेसम्म बुक क्लोज गरेको छ । त्यसैले चैत १४ गतेसम्म कायम रहने सेयरधनीले मात्र साधारण सभामा भाग लिन पाउनेछन् ।

यस्तै, सञ्चालक समितिको प्रतिवेदन र आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान हिसाब, लेखापरीक्षकको नियुक्ति लगायत प्रस्तावमा छलफल हुनेछ । 

अहिले बैंकको चुक्ता पुँजी ५० करोड रुपैयाँ रहेको छ । 

प्रतिकृया दिनुहोस्