‘खोलौ बैंक खाता अभियान २०७६’ साथ दिँदै एनआइसी एशिया बैंकले ल्यायो समृद्ध नेपाल सुखी नेपाली बचत खाता

 Nic Asia Bank
काठमाडौँ - नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको “समृद्ध सँग जोडौ नाता स् सबै नेपालीको बैंक खाता” भन्ने नारा सहित “खोलौ बैंक खाता अभियान २०७६” अभियानमा एकाकार गर्दै एनआइसी एशिया बैंकले “समृद्ध नेपाल सुखी नेपाली बचत खाता” संचालनमा ल्याएको छ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा आफ्नो दरिलो उपस्थिति जनाईरहेको छ । सिएसआरमा महत्वपुर्ण योगदान पु(याउदै आईरहेको बैंकले २०७६ वैशाख १ गते देखि लागु हुने गरि उक्त वचत खाता सञ्चालनमा ल्याउन लागेकामे हो । उक्त बचत खाता खोल्ने व्यक्तिहरुलाई बैंकले १ सय रुपैयाँ नगद खातामा जम्मा गरिदिन छ ।

बैंकले हाल मुलुकभर रहेका २८१ शाखा कार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत सम्पुर्ण बैंकिङ सेवा प्रदान गरिरहेको छ । बैंक शाखा सञ्जालको हिसाबले मुलुककै सबैभन्दा ठूलो बन्न सफल भएको छ ।

प्रतिकृया दिनुहोस्