माछापुच्छ्रे बैंकको ‘एक व्यक्ति एक खाता योजना’ सञ्चालनमा, यस्ता छन् विशेषताहरु

 Machhapuchchhre Bank
  • बैंकिङ संसार 
काठमाडौं - माछापुच्छ्रे बैंकले नेपाल सरकारको ‘खोलौ बैंक खाता अभियान, २०७६’ अन्तर्गत ‘एक व्यक्ति एक खाता योजना’ल्याएको छ । कुनै पनि बैंक वा वित्तीय संस्थामा खाता नभएका व्यक्तिको लागि उक्त योजना बैंकले सुचारु गरेको जनाएको छ ।

उक्त खाता खोले बापत बैंकले १ सय रुपैया खातामा जम्मा समेत गरिदिने छ । ५ प्रतिशत आकर्षक वार्षिक ब्याजदर प्रदान गरिने भनिएको यस खाता खोल्न निकै सहज छ । नेपाल सरकारले जारी गरेको कुनै पनि फोटो सहितको परिचय पत्र देखाएर उक्त खाता खोल्न सकिने बैंकले जनाएको छ ।

बैंकको देशभर रहेका जुनसुकै शाखा वा ग्राहक सेवा केन्द« मार्पmत उक्त खाता खोल्न सकिने व्यस्था रहेको बैंकले जानकारी दिएको छ ।

हालसम्म बैंकले ९९ वटा शाखाहरु र ८३ शाखा रहित बैकिङ सेवा समेत गरी जम्मा १ सय ८२ स्थानवाट ग्राहकमहानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर १ सय २१ वटा एटीएमहरु संचालनमा रहेको छ

प्रतिकृया दिनुहोस्