जस्तालाई त्यस्तै हुने कस्तो संयोग ! जनता बैंकले कर्मचारीलाई जसरी पेल्यो, डेपुटी सीइओलाई पनि त्यस्तै फसाद !

  • बैंकिङ संसार 
काठमाडौँ । बैंक छाड्ने बेलामा कर्मचारीबाट अवैध असुली गर्ने र पूर्व सूचना नदिए ३ महिनाको तलव काट्ने बैंक जनता बैंक लिमिटेडमा डेपुटी सीइओ नियुक्त भएका सुजित शाक्यलाई पनि त्यस्तै समस्या परेको छ । सिभिल बैंकलाई जानकारी नै नगराई सुटुक्क जनता बैंकको डेपुटी सीइओ हुन एप्लाई गरेका शाक्य जनता बैंकमा डेपुटी सीइओ नियुक्त भएपछी उनलाई सिभिल बैंकले पनि तकाल रिलिज गर्न आनाकानी गरेको छ । उनलाई सिभिलले थप ३ महिना काम गरेर मात्र बैंक छोड्न भनेको बुझिएको छ । यसले गर्दा जनता बैंकले केहि महिनापछि मात्र डेपुटी सीइओ पाउने सम्भावना देखिएको छ । तर जनता बैंकका सीइओ र बोर्डका केहि सदस्यहरुले सिभिल बैंकमा घुमाउरो पाराले शाक्यलाई रिलिज गरिदिन बताइरहेको बुझिएको छ । 

बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले सिभिल बैंकमा नायव महाप्रबन्धक शाक्यलाई डेपुटी सीइओ ।
अवकासका नाममा बैंकले केही साताअघि मात्रै नायव प्रमुख कार्यकारीहरु पृथ्वी श्रेष्ठ, अजय मिश्र र सागर घिमिरेलाई बैंकबाट जवरजस्त विदा दिएको थियो । यसो त सिभिल बैंकलाई शाक्यले तीन महिनाको नोटिस दिएका छैनन् । त्यहि भएर पनि तत्काल उनी जनता आउने सम्भावना कम हुन सक्छ । तर अन्त जाने नै भइसकेपछी यस्ता बैंकरलाई के राख्नु भनेर सिभिलले उनालाई तुरुन्त रिलिज दिन सक्छ । यस्तो भएको खण्डमा जनतामा उनी तुरुन्त आउनेछन् । 

तर उनले पूर्व सूचना नदिएका कारण सिभिल बैंकले पनि उनको तलव कट्टा गर्ने तयारी गरेको छ । 'अरुलाई त यसरी तलव काट्ने हाम्रोमा चलन छैन । तर त्यसरी नै कर्मचारी मार्ने ठाउँमा जान लागेकालाइ त अलिकति हामीले पनि सवक सिकाउनुपर्यो नि !' सिभिल बैंकका एक माथिल्लो तहका कर्मचारीले भने ।

प्रतिकृया दिनुहोस्