नेपाल बङ्गलादेश बैंकको नयाँ शाखा दमकमा, कति पुग्यो शाखा संख्या ?

 Nepal Bangladesh Bank
काठमाडौं - नेपाल बङ्गलादेश बैंकको नयाँ शाखा दमकमा विस्तार भएको छ । ८६औं शाखा संचालनमा ल्याउने क्रममा झापा जिल्लाको दमकमा उद्घाटन भई औपचारिक कारोबार शुरु भएको हो ।

सो शाखाको उद्घाटनमा दमक नगरपालिकाका उप मेयर गिता अधिकारी तथा बैंकका संचालक मुकुन्दनाथ ढुङ्गेलद्धारा गरिएको थियो । त्यसैगरी बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बैंकका सेवाहरुको बारेमा बताए । बैँकले यस क्षेत्रका सर्वसाधारणलाई सहज बैँकिङ्ग सेवा सुविधा प्रदान गर्ने उदेश्यले आफ्नो शाखा संजाल नपुगेका क्षेत्रमा नयाँ शाखा विस्तार गरेको हो ।

साथै यस शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पुर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न सक्ने जनाएको छ । दमक शाखाहरु सहित बैंकले ८६ शाखा, ७ एक्सटेन्सन काउन्टर, २ शाखारहित घरदैलो बैंकिङ्ग सेवा तथा ६७ वटा बैंकबाट बैंकिङ्ग सुविधा प्रदान गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्