मुक्तिनाथ विकास बैंकको नयाँ शाखा चितवनको हाकिमचोकमा विस्तार, कति पुग्यो शाखा संख्या ?

 Muktinath Bikash Bank
  • बैंकिङ संसार 
काठमाडौँ - मुक्तिनाथ विकास बैंकले चितवनको हाकिमचोकमा नयाँ शाखा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन भरतपुर महानगरपालिकाका उपमेयर पार्वती शाहले गरेकी हुन् । शाखा कार्यालय समुद्घाटन गर्दै प्रमुख अतिथि शाहले मुक्तिनाथ विकास बैंकले विभिन्न शीर्षकमा कर्जा उपलब्ध गराई मानिसहरुलाई व्यवसायी बन्नमा पुर्याएकोमा सहयोग उल्लेखनीय रहेको बताइन् ।

सो शाखा कार्यालयको उद्घाटन समारोहमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत गोविन्द बहादुर राउत, स्थानीय जनप्रतिनिधिहरु, व्यापारी, कर्मचारी, र समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

चितवनको हाकिम चोककोसहित मुक्तिनाथ विकास बैंकले देशैभरी ११४ वटा शाखा कार्यालयबाट बैंकिङ प्रदान गर्दै आईरहेको छ ।

प्रतिकृया दिनुहोस्