कृषि विकास बैंकको सञ्चालकमा ३ जना निर्वाचित

 Krishi Bikash Bank
काठमाडौँ - कृषि विकास बैंक लिमिटेडमा ३ जना सञ्चालन निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न १२ औँ वार्षिक साधारण सभाले सञ्चालन निर्वाचित गरेको हो । 

साधारण सभाले भरतपुरका सञ्जीव पौडेल, पोखराका हरिप्रसाद पराजुली र काभ्रे खोपासीका विनोदकुमार गुरागाईँलाई निर्वाचित गरेको हो । सञ्चालकहरुले कार्यभार सम्हालेको र यसअघिका सञ्चालक मनोज बस्नेत र घनश्याम अवस्थीको पदावधि सकिएको कम्पनी सचिव निर्मलप्रसाद उपाध्यायले जनाएका छन् ।

प्रतिकृया दिनुहोस्