कामना सेवाले गर्यो वैदेशिक मुद्रा सटही सेवा शुरुवात, ८१ ठाउँमा शाखा सञ्जाल

 Kamana Sewa Bikash Bank
काठमाडौं - कामना सेवा विकास बैंकले मुख्य कार्यालयबाट वैदेशिक मुद्रा सटही सुविधाको शुरु गरेको छ । काठमाडौं महानगरपालिका वडा नं. ३० बैंकबाट संचालक समितिका अध्यक्ष सुदीप आचार्य र सदस्य विशेश्वर सुवेदीले संयुक्त रुपमा उक्त कार्यक्रमको शुभारम्भ गरेका हुन् ।

बैंकको मुख्य शाखा ज्ञानेश्वर, भैरहवा, सृजनाचोक पोखरा, दमौली, नारायणगढ लायन्स चोक र बुटवल शाखाबाट यो सुविधा लिन सकिने छ । साथै, निकट भविष्यमा बैंकका सबै शाखाहरुबाट समेत उक्त सुविधा प्रदान गर्ने लक्ष्य रहेको बैंकका अध्यक्ष आचार्यले बताए ।

हाल देशभरि ८१ वटा शाखा तथा ३६ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै, बैंकले एविविएस्, इन्टरनेट व्याकिङ्ग, मोबाइल व्याकिङ्ग, सि एएस्विए लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको छ ।





प्रतिकृया दिनुहोस्