ब्रोकरमार्फत मार्जिन कारोबारका लागि १२ वटा वाणिज्य बैंक र ६ वटा विकास बैंक योग्य

 Margin lending Banks
काठमाडौं - आर्थिक वर्ष २०७५/०७६ मा ब्रोकरमार्फत मार्जिन कारोबार सुविधाका लागि एनएमबि बैंकसहित १२ वटा वाणिज्य बैंक ६ वटा विकास बैंकहरु योग्य ठहरिएका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले चैत १९ गते विज्ञप्ति जारी गर्दै एनएमबि बैंकलाई पनि थप गरिएको जनाएको छ ।

अब एनएमबि बैंकसहित ब्रोकरमार्फत मार्जिन कारोबार सुविधाका लागि १२ वाणिज्य बैंक योग्य भएका छन् । जसमा एनएमबी बैंक, एभरेष्ट बैंक, ग्लोबल आएमई बैंक, माछापुच्छे« बैंक, नेपाल बंगलादेश बैंक, नेपाल इनभेष्टमेन्ट बैंक, एनआईसी एशिया बैंक, सानिमा बैंक, नेपाल एसबिआई बैंक, सनराइज बैंक, सिद्धार्थ बैंक र हिमालयन बैंक रहेका छन् । यस्तै विकास बैंकहरुमा गरिमा विकास बैंक, मुक्तिनाथ विकास बैंक, कैलाश विकास बैंक, पूर्णिमा विकास बैंक, तिनाउ डेभलपमेन्ट बैंक र गण्डकी विकास बैंक रहेका छन् । 

मार्जिन कारोबार सुविधा सम्बन्धि कार्यविधि–२०७५ मा भएको व्यवस्था अनुसार वित्तीय संस्थाको कम्तिमा १० हजार सेयरधनी भएका कम्पनीको सेयरमा मात्र मार्जिन ऋण लिन पाइनेछ । यस्तै, कम्पनीले पछिल्लो २ आर्थिक वर्षमा कम्तिमा १० प्रतिशतका दरले लाभांश वितरण गरेको हुनुपर्नेछ ।

खुद सम्पत्ति चुक्ता पुँजी भन्दा कम नरहेको, दोस्रो बजारमा अघिल्लो आर्थिक वर्षभर कम्तिमा ८०५ कारोबार दिनमा सेयर कारोबार भएको, आर्थिक वर्षको प्रथम ६ महिना भित्रमा वार्षिक साधारण सभा सम्पन्न गरेको कम्पनी मात्र मार्जिन कारोबार सुविधाका लागि योग्य हुन्छन् ।

प्रतिकृया दिनुहोस्