काठमाडौँ महानगरपालिकाको १ अर्व रुपैयाँ 'गैरकानुनी' रुपमा नबिल बैंकमा, मेयरले खबर गरेनन्, उपमेयरले पत्तो पाइनन्

  • बैंकिङ संसार 
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले १ अर्व रुपैयाँ गैरकानुनी रुपमा नबिल बैंकमा जम्मा भएको खुलासा भएको छ । स्थानीय तहले जनताबाट उठाएको कर खर्च गर्न नसके कार्यपालिकाको बैठकबाट निर्णय गराइ त्यस्तो रकम राज्यको सर्वसञ्चित कोषमा जम्मा गर्नुपर्ने बाध्यकारी नियम हुँदाहुँदै बैंक र नगरपालिकाको सेटिङमा यसरी गैरकानुनी रुपमा रकम नबिल बैंकमा जम्मा भएको हो । ९.५ प्रतिशत ब्याज पाउने गरी नबिल बैंकमा उक्त रकम मुद्दती खातामा राखिएको छ । 

यता यस विषयमा महानगरकि उपमेयर हरिप्रभा खड्गी बेखबर भएको बताउँछिन् । विकास निर्माणका काममा खर्च गर्नुपर्ने रकम ब्याजमा लगाउँदा महानगरको कार्यपालिकामासमेत छलफल नगरेको र यसबारे आफुलाई केहि थाहा नभएको उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस्