दर्ता नम्बर १५० : झन्डै ३७ करोड छली गरेको भन्दै एनआइसी एसिया बैंक विरुद्ध राजश्व अनुसन्धान विभागमा उजुरी !

  • बैंकिङ संसार
काठमाडौँ - झन्डै ३७ करोड छली भएको भन्दै एनआइसी एशिया बैंकविरुद्ध राजश्व अनुसन्धान विभागमा उजुरी परेको छ ।  आर्थिक बर्ष ०७३/७४ मा सो बैंकले कुल ६७,४९,५५,८०,०००।-  कर्जा प्रवाह भएकोमा नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार अनिवार्य रुपमा ५ प्रतिशत विपन्न बर्गमा लगानी गर्नुपर्नेमा सो नगरी ठुलो मात्रामा राजश्व छली भएको भन्दै बैंकविरुद्ध उजुरी परेको हो ।  

बैंक विरुद्ध राजश्व अनुसन्धान विभागमा दर्ता नम्बर १५० अन्तर्गत उजुरी परेको विभागका महानिर्देशक दिर्घराज मैनालीले पुष्टि गरे ।  यस विषयमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ । पछिल्लो समय बैंकभित्र अनेकौँ काण्डहरु आइरहेका बेला यो प्रकरणले पनि बैंकिङ बजार तताउने देखिएको छ । यता बैंक भने यो काण्डलाई भित्र भित्रै मिलाउन खोजिरहेको समेत बुझिन आएको छ ।   

प्रतिकृया दिनुहोस्