सेन्चुरी बैंकको ६.५% लाभांश पारित गर्न वैशाख १२ मा एजीएम, कहिले हुँदैछ बुक क्लोज ?

 Century Bank
काठमाडौं - सेन्चुरी बैंक लिमिटेडको साधारण सभा वैशाख १२ गते हुने भएको छ । सभाका लागि चैत २९ गतेदेखि वैशाख १२ गतेसम्म बुक क्लोज हुनेछ । चैत २८ गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित नगद तथा बोनस लाभांश पाउनेछन् ।

सभामा बैंकले २ प्रतिशत बोनस सेयर र ४.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सभामा पेश गर्ने भएको छ । साथै बैंकले साधारण सभाबाट सर्वसाधारण सेयरधनी समूहका ३ जना सञ्चालकहरुको निर्वाचन गर्नेछ । अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन प्रक्रिया वा स्वदेशी तथा विदेशी रणनीतिक साझेदारीमा जानु परेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ ।

साधारण सभा आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ११ः३० बजे सुरु हुनेछ ।

प्रतिकृया दिनुहोस्