सांग्रिला डेभलोपमेन्ट बैंकको जग हँसाउने काम, आफ्नै नाम गलत लेखेर यसरी उडाईदैछ राष्ट्र बैंकको रिपोर्टको धज्जी

  • बैंकिङ संसार 
काठमाडौँ । नयाँ नेतृत्व आएसँगै झन् माथि झन् विवादमा आइरहेको सांग्रिला डेभलोपमेन्ट बैंकले आफ्नै नाम गलत लेखेर जग हँसाउने काम गरेको छ भने यस विषयमा नेपाल राष्ट्र बैंकको ताकेताकोसमेत धज्जी उदाएको छ । केहि बर्षयता देखि इन्सपेक्सनका क्रममा पटक पटक नेपाल राष्ट्र बैंकले कतिपय ठाउँमा आफ्नो गलत नाम लेखिएको भन्दै रिपोर्टमा त्यसलाई तत्काल सच्याउन निर्देशन दिएको थियो । तर उक्त निर्देशन विपरित सांग्रिला डेभलपमेन्ट बैंकले अहिले पनि सांग्रिला बिकास बैंक भनी पोखराका केहि ठाउँमा बोर्ड राखेको पाइएको छ ।

डेभलपमेन्ट बैंकलाई बिकास बैंक भन्न मिल्छ ?
बोलीचालीको भाषामा जे सुकै भनेपनि प्रचलित कम्पनी ऐन अनुसार सांग्रीला डेभलपमेन्ट बैंकलाइ सांग्रिला बिकास बैंक भन्न मिल्दै मिल्दैन । यो सुयोगलाई अंग्रेजीमा असिसिबिल भन्न मिल्छ ? भनेजस्तै हो ।नाममा त्यसो भन्न मिल्दैन मिल्दैन । कम्पनी रजिष्ट्रारको कार्यालयमा पनि सांग्रीला डेभलपमेन्ट बैंक भनी नै उक्त नाम दर्ता रहेको छ । कम्पनीमै सांग्रीला डेभलोपमेन्ट भनी नाम उल्लेख भएपछि त्यसलाई बंग्याएर राख्न मिल्दैन ।

राष्ट्र बैंकको ताकेता नमान्ने बैंक : सांग्रीला 
यसो त यस विषयमा नेपाल राष्ट्र बैंकले स्पष्टसँग आफ्नो रिपोर्टमा बैंकलाई लेखेर दिएको थियो । कम्पनी ऐन बाझिने गरी यसरी नाम परिवर्तन गर्न नपाइने भन्दै नेपाल राष्ट्र बैंकले यस अघि तत्काल उक्त काम सच्याउन निर्देशन दिएको थियो । फेरी उक्त काम नसच्चिएपछि नेपाल राष्ट्र बैंकबाट बैंक गएको इन्सपेक्सन टोलीले पुन: यस्तो काम नगर्न निर्देशन दिएको थियो । तर सांग्रीला डेभलपमेन्ट बैंकले पटक-पटक राष्ट्र बैंकको ताकेता नमानेर राष्ट्र बैंकको ताकेताकै धज्जी उडाएको छ ।

 यो पनि पढ्नुहोस् :

प्रतिकृया दिनुहोस्