एक्सेल डेभलपमेन्ट बैंकले सेयरधनीको खातामै पठायो १७% नगद लाभांश, नपाउनेले के गर्ने ?

 Excel Development Bank
काठमाडौं - एक्सेल डेभलपमेन्ट बैंकले १७ प्रतिशत नगद लाभांश सेयरधनीको बैंक खातामा पठाई दिएको छ । बैंकले फागुन २६ गतेसम्म डिम्याट खातासँग बैंक खाता अद्यावधिक गराएकाहरुको नगद लाभांश खातामै पठाइदिएको हो । फागुन २६ गतेपछि डिम्याट गर्नेहरुको पनि नगद खातामै जम्मा गर्ने तयारी भइरहेको बैंकले जानकारी गराएको छ ।

हालसम्म पनि आफ्नो सेयर भौतिक रुपमा राखेका सेयरधनीले भने डिम्याट गरी बैंक खाता अद्यावधिक गराएपछि मात्र लाभांश पाउने छन् । बैंकले डिम्याट नगरेका सेयरधनीलाई तत्काल सेयर डिम्याट गर्न आग्रह गरेको छ । त्यसका लागि आफूले खाता खोलेको कुनै पनि बैंक तथा वित्तीय संस्थामा डिम्याट खाता खोल्न सकिनेछ ।


प्रतिकृया दिनुहोस्