कुमारी बैंकको दुई आर्थिक वर्षको एजीएम बैशाख १६ गते, लगानीकर्ताहरुलाई २१.२५% बोनस, कहिले गर्दैछ बुक क्लोज ?

 Kumari Bank
  • बैंकिङ संसार 
काठमाडौं - कुमारी बैंक लिमिटेडले २ आर्थिक वर्षको साधारण सभा एकैपटक बोलाएको छ । बैंकले सभा वैशाख २६ गते बिहीबार एकै दिन सत्रौं र अठारौं वार्षिक साधारणसभा बोलाएको हो । बैंकको आर्थिक वर्ष २०७३–७४ र २०७४–७५ को साधारण सभा हुन लागेको हो ।सभा नेपाल प्रज्ञा प्रतिष्ठानको सभा हलमा बिहान १०ः ३० बजे शुरु हुनेछ । 

बैंकले साधारण सभा गर्नका लागि वैशाख ६ गते शुक्रबार देखि वैशाख २६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । त्यसैले वैशाख ५ गते सम्म कायम सेयरधनीले मात्र दुवै आर्थिक वर्षको बोनस सेयर पाउने छन् ।

यस्तै बैंकले सभामा आर्थिक वर्ष २०७३/७४ का लागि चुक्ता पुँजीको १२.७५ प्रतिशत र आर्थिक वर्ष २०७४/७५ को लागि चुक्ता पुँजीको ८.५० प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ । कुमारीले २ आर्थिक वर्ष गरेर जम्मा २१.२५ प्रतिशत बोनस सेयर वितरण गर्न लागेको हो । यी दुवै प्रस्ताव साधारण सभामा पेश हुनेछ ।

सभामा बैंकले आफैं वा सहायक कम्पनी मार्फत ब्रोकरको कार्य गर्न प्रबन्धपत्र तथा नियमावली संशोधन गर्नेछ । उपयुक्त संस्थासँग मर्जर तथा प्राप्तिका लागि आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने एजेन्डा पनि राखिएको छ । संस्थापक र सर्वसाधारण सेयरधनीको तर्फबाट २–२ जना गरी कुल ४ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्ताव पनि सभामा पेश हुनेछ । 

बैंकले २ आर्थिक वर्ष गरि १ अर्ब ५२ करोड २१ लाख ७८ हजार १३९ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने भएको छ । सो बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी ८ अर्ब ६८ करोड ४५ लाख ७३ हजार ११९ रूपैयाँ पुग्नेछ ।

प्रतिकृया दिनुहोस्