सहयोगी विकास बैंकको खुद नाफा ७.७६ प्रतिशतले घट्दा खुद ब्याज आम्दानी र प्रतिसेयर आम्दानीको अवस्था कस्तो ?

 Sahayogi Vikash Bank
  • बैंकिङ संसार
काठमाडौं - सहयोगी विकास बैंक लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफामा गिरावट आएको छ । बैंकको खुद नाफा ७.७६ प्रतिशतले गिरावट भई ७ करोड ४ लाख ३७ हजार रुपैयाँ मात्र आर्जन गरेको छ । बैंकले गत वर्ष ७ करोड ६३ लाख ६६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

यस्तै खुद ब्याज आम्दानी पनि २.६२ प्रतिशतले घटेर १५ करोड ७ लाख १० हजार रुपैयाँमा खुम्चिएको छ । यता सञ्चाल मुनाफा भने १.६१ प्रतिशतले वृद्दि गरी ७ करोड ८९ लाख २७ हजार रुपैयाँ पुगेको छ ।  बैंकले ४ अर्ब ३३ करोड ६१ लाख ४८ हजार रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ८५ करोड २ लाख ७२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । 

हाल बैंकको चुक्ता पुँजी ५ अर्ब ७ करोड ८९ लाख ४५ हजार रुपैयाँ छ । जगेडा कोषमा गत वर्षको तुलनामा ९.१२ प्रतिशतले बढेर ४ अर्ब ३३ करोड ६१ लाख ४८ हजार रुपैयाँ पुगेको छ । गत वर्ष जगेडा कोषमा ३ अर्ब ४४ करोड ८७ लाख ८९ हजार रुपैयाँ रहेको थियो ।

वार्षिक प्रतिसेयर आम्दानी १८ रुपैयाँ ४३ पैसा रहेको छ भने नेटवर्थ १३८ रुपैयाँ ९३ पैसा छ ।

प्रतिकृया दिनुहोस्