गण्डकी विकास बैंकद्धारा मुस्ताङ जिल्लाको सौरु आधारभूत विद्यालयलाई आर्थिक सहयोग

Gandaki Bikash Bank

  • बैंकिङ संसार 
काठमाडौं - गण्डकी विकास बैंकले स्थापनाकाल देखि नै सामाजिक क्षेत्रमा उल्लेख्य सहयोग गर्दै आइरहेको छ । मुस्ताङ जिल्लाको सौरु गाउँमा बाढी पहिरोले पुर्याएको क्षतिका निम्ती सौरु आधारभूत विद्यालयको पुनः निर्माण एवं सहयोगको लागि बैंकले सहयोग आर्थिक गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोजन हिराचनलाई बैँक जोमसोम शाखाका शाखा प्रमुख महेश थकालीले ४५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोजन हिराचनले सौरु गाउँ थासाङ गाउँपालिकाको गाउँहरु मध्ये अति पिछडिएको र बाटोको हिसाबले पायक नपर्ने भएको हुँदा विकास र सहयोगको लागि कसैको नजर परेको थिएन् । यस्तो अवस्थामा गण्डकी विकास बैँकले सहयोग गरेकोमा बैँक परिवार प्रति हार्दिक आभार प्रकट गरे ।

प्रतिकृया दिनुहोस्