एभरेष्ट बैंकले ५ वर्ष पुरानो लाभांश लिन बोलायो, नलिए के हुन्छ ?

 Everst Bank
काठमाडौं - एभेरष्ट बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई ५ वर्ष पहिलाको लाभांश लिन बोलाएको छ । सेयरधनीले बैंकको प्रधान कार्यालय इबीएल हाउस लाजिम्पाट, काठमाडौंमा रहको सेयर शाखामा सम्पर्क गरी लाभांश फिर्ता लिन सक्नेछन् ।

कम्पनीले विभिन्न वार्षिक साधारण सभाबाट पारित भएको आव २०५२/५३ देखि २०६९/७० सम्मको लाभांश एक हप्ताभित्र लिन सेयरधनीलाई आग्रह गरेको हो ।

सेयरधनीले उक्त लाभांश एक हप्ताभित्र फिर्ता नलिएमा व्यवस्थापन तथा संचालन कार्यविधि अनुसार लगनाीकर्ता संरक्षण कोषमा पठाइने बैंकले जनाएको छ । लाभांश रकम भुक्तानी लिन बाँकी सेयरधनीले आफ्नो परिचयपत्र लिएर सम्पर्क गर्नुपर्नेछ ।

प्रतिकृया दिनुहोस्