शनिबार र नयाँ वर्षको दिन पनि बैंक खुल्ने, नेपाल राष्ट्र बैंकद्धारा नियमित कारोबार गर्न निर्देशन !

Nepal Rastra Bank
  • बैंकिङ संसार
काठमाडौं - शनिबार र नयाँ वर्षको दिन पनि बैंक खुल्ने भएका छन् । केन्द्रीय बैंकले शनिबार बैंकलाई नियमित समयमा नै बैंकका शाखा तथा काउण्टरहरु खुल्ला राख्न निर्देशन दिएको हो ।

चैत मसान्तसम्म राजस्व बुझ्नुपर्ने भएकाले र राजस्व दाखिलाका चेक क्लियरिङ गर्ने प्रयोजनको लागि नेपाल क्लियरिङ हाउस समेत शनिबार पनि सदा झैं खुल्ला राख्न निर्देशन दिएको छ । २०७६ साल वैशाख १ गतेबाट ‘सबै नेपालीको बैंक खाता’ अभियान सुरु हुने भएकाले त्यस दिन पनि आफ्ना शाखाहरु खोल्न बैकर्स संघले आग्रह गरेका कारण बैंकहरुका शाखा पूर्ण सञ्चालन हुनेछन् ।

प्रतिकृया दिनुहोस्